प्रेमीले उपहारमा नयाँ आइफोन नदिएपछि रिसाएकी प्रेमिकाले हानिन् ५२ झापड ( हेर्नुहोस् भिडियो)

काठमाडौँ । सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । प्रेमीले उपहारमा नयाँ आइफोन नदिएपछि प्रेमीलाई सबैको अगाडि ५२ झापड हानेका थिए ।

प्रेमिकाले भ्यालेन्टाइन्समा नयाँ आइफोन दिन्छन् अनी साथिको अगाडि सानका साथ चलाउँछु भनेर सोचेकी प्रमेकीलाई उपहारमा नयाँ आइफोन नदिएपछि प्रेमीलाई ५२ झापड हानेको खुलेको छ ।

आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको हो ।   

प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए ।

नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ ।

उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।

उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषले आफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जनाएको छ ।

पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’

यो जोडीले आफ्नो झगडा पुलिस थानामा सल्टाउँदै आइन्दा आफ्नो समस्या सभ्य तरिकाले सुल्झाउने बचन दिएको बताइन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...