शिघ्र वीर्य स्खलनले महिलामा के–कस्तो असजिलो ल्याउँछ ?

काठमाडौँ । कतिपय जोडीले उत्तेजित लिङ्ग योनिमा पसाउने र लिङ्गलाई बाहिर–भित्र गर्ने अनि स्खलन भएपछि लिङ्ग झिकेर थपक्क कोल्टे परेर सुत्ने किसिमको यौन सम्पर्क गर्छन् । यस्तो स्थितिमा कतिपय महिलाले यौन आनन्द प्राप्त गर्न सक्दैनन् ।

यस्तोमा महिलाको सबैभन्दा यौन संवेदनशील अंग भगांकुरको घर्षण नै हुँदैन । त्यसमा पनि शीघ्र स्खलन हुँदा लिङ्ग प्रवेश नै गर्न पाएको हुँदैन वा भए पनि त्यसको समय निकै छोटो हुन्छ, त्यसैले थप समस्या पर्छ । तपाईंकी केटी साथी (गर्ल फ्रेन्ड) ले सन्तुष्टि नपाएको कुरा पनि यसैसँग सम्बन्धित छ ।

धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलन हुनुलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्यसम्पादन राम्रोसँग गर्न नसकेको मान्छन् ।

महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुःखी मात्र हुने होइन, उनीहरूमा आत्मसम्मानको समेत समस्या देखिन सक्छ । महिलामा पनि शीघ्र स्खलन हुँदा पुरुषले मलाई यौनसन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् ।

यस्तो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित गरेर यौनसम्पर्क राखिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा लिङ्ग योनिमा पसाउनुभन्दा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याइ वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् ।

यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा पनि मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ ।

हामीलाई थाहै छ, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर बाहिरतिरै हुन्छ र यसको घर्षणका लागि योनिमा लिङ्ग प्रवेशको आवश्यकता पनि पर्दैन । औंला वा अन्य तरिकाले यसको घर्षण गर्दा महिलाले यौन आनन्द प्राप्त गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस