आङछिरिङको नाममा लुम्बिनीमा गुम्बा बन्ने, प्रधानमन्त्रीद्धारा शिलान्यास

काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी र्फकने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएका   आङछिरिङ शेर्पाको नाममा लुम्बिनीमा गुम्बा बन्ने भएको छ ।

लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी परिवारले उक्त गुम्बा निर्मणका लागी ५ करोड लगानी गर्ने भएको हो । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले आधुनिक गोन्पा निर्माण गर्न लागेको हो ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।

गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पा निर्माण सम्पन्न गर्ने लक्षय रहेको उनले बताए ।

तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा भवनको निर्माण शुरु गरिएको छ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठ चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ ।

यति एयरलाइन्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी र्फकने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...