भाई भेट्न गएकी युवतीमाथि यसरी भयो सामुहिक बलात्कार

काठमाडौँ । भारतमा रहेका आफ्ना भाइलाई भेट्न गएकी एक नेपाली युवतीमाथि दिल्लीमा सामुहिक बलात्कारमा भएको छ । ती २४ वर्षीया युवती काठमाडौँबाट भाइलाई भेट्न मुम्बई जाने क्रममा दिल्लीमा चार जना पुरुषबाट बालात्कृत भएकी हुन् । 

ती युवतीले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् । पीडित महिलाले आफू काठमाण्डौबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुट्यो ।

उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ । त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने । पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे ।

बलात्कृत भैसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...