सुँघ्ने क्षमता कम हुनु मृत्यु नजिकिएको संकेत

एजेन्सी । अधिकांश कुरा नाकले थाहा पाउँछ भनिन्छ, अर्थात गन्धले थाहा हुन्छ । तर नाकको सुँघ्ने क्षमतामा ह्रास आउनुको अर्थ मृत्यु नजिकिँदै छ भन्ने संकेत रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार सुँघ्न सक्ने क्षमता र जीवनकालबिच सम्बन्ध रहेको देखाएको छ ।

सुँघ्ने क्षमता कमजोर हुँदै जाँदा निधनको सम्भावना बढ्दै जाने अनुसन्धानकर्ताले बताएका छन् । ७० वर्षभन्दा माथि उमेरका व्यक्तिमा सँघ्ने क्षमता कम भएकामा एक दशक भित्रमा निधनको सम्भावना ५० प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा यसको कारण र प्रभावबारे स्पष्ट उल्लेख गरिएको छैन । तर जेष्ठ नागरिकको सुँघ्न सक्ने क्षमता र जीवनकालबिच सम्बन्ध रहेको भने देखिएको उनीहरुले बताएका छन् । उनीहरुले जेष्ठ नागरिकको सुँघ्न सक्ने क्षमताबारे परीक्षण गरिनु पर्नेमा जोड दिइएको छ ।

वरिष्ठ अनुसन्धानकर्ता डा. होङ्गलेइ चेनले भनेका छन्, ‘भविष्यमा सुँघ्ने क्षमताबारे हुने परीक्षण अरु परीक्षणहरु जस्तै सामान्य बन्न सक्छ ।’
हरेक चार जेष्ठ अमेरिकी मध्ये एकजनाले आफ्नो सुँघ्ने क्षमता गुमेको अनुभव गर्ने गरेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

यस्तै सुँघ्ने क्षमता र अल्जाइमर, पाकिनसन, डिमेन्सियासहितका न्यूरोडिजेनेरेटिभ डिसअडरबिच पनि सम्बन्ध देखिएको मिसिगन स्टेट विश्वविद्यालयमा इपिडिमियोलोजी तथा बायोस्टाटेस्टिकका प्राध्यापक रहेका डा. चेनले बताएका छन् ।

जेष्ठ नागरिकको स्वास्थ्यका बारेमा सुँघ्ने क्षमताको बृहत प्रभाव रहने डा. चेनसहितका अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले ७१ देखि ८२ वर्षसम्मका झण्डै २३ जनामा अनुसन्धान गरेका हुन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...