जब रुख नै रुन थालेपछि...

काठमाडौँ । जो कोहीलाई रुख रनथाल्यो भन्दा अच्चम लाग्न सक्छ । तर अस्ट्रेलियाको पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रूखबाट निरन्तर पानी तप्किन थालेपछि रोएको ठानिएको हो  ।

युकालिप्टस अर्थात् मसलाको रूखबाट यसरी पानी तप्किँदा धेरैले यसलाई रूख रोएको भने । यसलाई ईश्वरको चमत्कार ठानी रूखको फेदमा सयौँले प्रार्थना समेत गरे ।

गत शुक्रबार, शनिबार र आइतबारसम्म त्यो रूखबाट पानी तप्किरहेपछि यो चमत्कारभन्दा पनि अर्कै केही कारणले होकि कि भन्ने संशय गर्न थालियो । धार्मिक प्रवृत्तिका केही मान्छेले त रूखको ‘आँशु’मा नुहाए । तर, पश्चिम अस्ट्रेलियाको खानेपानी विभागले अनुसन्धान गरेपछि भने रहस्य खुल्यो ।

विभागका कर्मचारीले मसलाको रूखको जरामा खानेपानीको पाइप फुटेर रूखबाट पानी तप्किरहेको पत्ता लगाए । रूखको खोक्रो काण्डमा पानी भरिएकोले रूख रुन पुगेको बताएका छन् ।


प्रतिकृया दिनुहोस