बेलायतका पूर्व प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री विन्सटन चर्चिल जन्मेको कोठामा सुनको ट्वाइलेट सिट लगाइने भएको छ । बेलायतको सबैभन्दा ठुलो ब्लेनहीम प्यालेसमा लगाइने सो ट्वाइलेट त्यहाँ  जाने आगन्तुकहरुले समेत प्रयोग गर्न पाउने बताइएको छ । 

विन्सटन चर्चिल १९४० देखि १९४५ सम्म बेलायतका प्रधानमन्त्री रहेका थिए । यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोको वल्र्ड हेरिटेजमा समेत राखिएको छ ।

ब्लेनहीम प्यालेस पूर्व प्रधानमन्त्री चर्चिलको घरसमेत हो । यो ट्वाइलेट उपयोग गर्न पाइने भएपछि ब्लेनहीम आर्ट फाउण्डेशनका संस्थापक स्पेन्सर चर्चिलले भनेकाछन् ‘म चाँदीको चम्चा मुखमा लिएर जन्मेको थिए, तर कहिलै सुनको ट्वाइलेट प्रयोग गरेको छैन ।’

ट्वाइलेट प्रयोग गर्नका लागि लाइन लाग्ने या टिकट किन्नु पर्ने हुनसक्नेछ । यो कुरा टुंगो नलागेको उनले बताएका छन् । मार्लबारो परिवारका वर्तमान सदस्यहरुका लागि यो नयाँ सुविधा हुनेछ । यीनका वंशज विगत ३०० वर्षदेखि ब्लेनहीम प्यालेसका सेवा–सविधाको उपभोग गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...