अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

अस्ट्रेलिया ।अस्ट्रेलियाका वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन् । नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई अद्भुत भनेको छ ।

मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो । विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन् ।

पन्ध्र इन्च लामो सो सर्पलाई अनौठो टाउकोको कारण खान समस्या परेको थियो । एक्सरेले सो सर्पको दुईटा टाउको नजोडिएको देखाएको थियो । त्यो एउटै टाउकोमा थप आँखाको स्थान भएको र तीनवटै देख्न सक्ने आँखा भएको पाइयो नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइभ सर्भिसले फेसबुकमा लेखेको छ ।

सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताए । सबै बच्चा जन्मँदा कुनै प्रकारको पृथक्ता हुन्छ । यस्तो चाहिँ धेरै हुँदैन, फ्रेले भने। मैले अहिलेसम्म तीनआँखे सर्प देखेको थिइनँ ।

तर हाम्रो प्रयोगशालामा दुईटाउके अजिङ्गर आइपुगेको थियो । उनले त्यो सर्पको तेस्रो आँखा विकसित हुन नसकेको जुम्ल्याहाको हुन सक्ने बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...