पहिलो नजरको प्रेम कति सही हुन्छ जानीराखौं

पहिलो ‘इम्प्रेसन’

काठमाडौं । हामीले प्रायः मान्छेलाई एक झलकमै मूल्यांकन गरिरहेका हुन्छौँ र सो व्यक्तिप्रतिको हाम्रो पहिलो धारणा शक्तिशाली साबित हुन सक्छ भने कहिलेकाहिँ हाम्रो अनुमान गलत पनि हुन जान्छ । यस्तोमा यदि तपाईँ प्रेमको खोजीमा हुनुहुन्छ भने पहिलो देखभेटमा धेरै कुराहरुमा ध्यान राख्नुपर्ने हुन्छ । 


पहिलो ‘इम्प्रेसन’

‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ भन्ने अंग्रेजी भनाइ हामीले धेरै सुनेका छौँ जसकारण पनि पहिलो अन्तरक्रिया अत्यन्तै महत्वपूर्ण मानिन्छ र पहिलो ‘इम्प्रेसन’ बारे विज्ञानकै धारणा पनि धेरै जटिल छ । वैज्ञानिकहरुका अनुसार हामीलाई कुनैपनि व्यक्तिलाई पहिलोपटक हेरेर मूल्यांकन गर्न केवल ०.१ सेकेन्डमात्र लाग्छ ।


त्यति समयमै हामीले सो मानिसका व्यवहारिक पक्षबारे मनमनै अनुमान लगाइसकेका हुन्छौँ । जस्तै कतिपय राजनीतिज्ञहरुबारे हामीलाई केही थाहा नभएपनि तस्बिरमा उनीहरुको बाहिरी स्वरुप हेरेरै जित हासिल गर्ने–नगर्ने निर्धारण गरिरहेका हुन्छौँ ।


त्यसैले पनि पहिलो इम्प्रेसनले व्यक्तिबारे सतही रुपमा मात्र जानकारी दिने गर्छ भनिएको हो । तर हामीलाई १ सेकेन्ड भन्दा धेरै समय दिइएपनि पहिलोपटककै निष्कर्ष निकाल्ने सम्भावना बढी रहेको विज्ञहरुको भनाइ छ । यसरी हाम्रो अनुमान सहि गलत जे भएपनि हामी बाहिरी स्वरुपकै आधारमा धेरै छिटो व्यक्तिको मूल्याङ्कन गरि त्यसैमा अडिग रहने गर्दछौँ ।


अधिकांश मानिसहरुले पहिलो देखाइ वा पहिलोपटक भेट्दा अर्को व्यक्तिका आकर्षक पक्ष, विश्वसनीयता र सो व्यक्ति आफूमाथि कतिको हावी हुन सक्छ भनेर बुझ्ने प्रयास गरिरहेका हुन्छन् । तरपनि मानिसहरुले आकर्षणलाई बढी महत्व दिइरहेको पाइन्छ जबकी एक जीवनसाथी वा मित्र रोज्दै गर्दा विश्वसनीयता र सामाजिक व्यवहार सबैभन्दा जरुरी हुन्छ ।


यस्तोमा अर्को व्यक्तिप्रति हावी हुने विशेषता महिला र पुरुषमा भिन्दाभिन्दै प्रकारले हेरिने गरिएको छ । जस्तै– यसले पुरुषत्व झलकाउँछ भन्ने मान्यताका कारण महिलाहरुमा त्यस किसिमको व्यवहारलाई नकारात्मक रुपमा लिने गरिएको छ । 


जस्तै– सामाजिक संजालको सन्दर्भमा पनि हामीले अर्को व्यक्तिको तस्बिरले के दर्शाउन खोजिरहेको छ भन्नेमा ध्यान दिनुपर्दछ र केबल तस्बिरकै आधारमा आफ्नो मन बनाउनु गलत हुनेछ किनकी त्यस्तो मूल्याङ्कन परिवर्तनशील र सतही हुन्छ । 


कतिपय अवस्थामा पहिलोपटक भेट्दा मान्छेले बोलेका कुरा बनावटी पनि हुने गरेको पाइन्छ । त्यसैले व्यक्तिको व्यवहारबारे पत्ता लगाउन दोस्रो भेटवार्ता अत्यन्तै महत्वपूर्ण मानिन्छ । यसरी दोस्रो भेटमा पनि हामीले सो व्यक्तिको व्यवहार समान पायौँ भने मात्र हामी ऊबारे सहि भएको थाहा हुन्छ ।


तरपनि यो मान्छेको प्रकृतिमा निर्भर हुने कुरा हो । केही मानिसहरुलाई वर्षौँसम्म चिनिरहेको भएपनि उनीहरुले हाम्रो पछाडि अर्कैै व्यवहार देखाउन सक्छन् । विशेषगरी आफूलाई बोलाउँदा उसले पहिलो भेटमा कस्तो शब्द प्रयोग गरेको थियो र दोस्रोमा कसरी पहिलो वाक्य सुरु गरिरहेको छ भन्नेमा ध्यान राख्न सकिन्छ । 


यसरी पहिलो कुराकानीमा राम्रो छाप पार्न सकेमा मात्र अर्को व्यक्ति तपाईंसँग फेरि भेट्न इच्छुक हुन्छ । यस्तोमा हामीले पहिलो भेटमै आफूले कस्तो किसिमको साथीको खोजि गरिरहेको भनेर खुलेर बताउनुपर्ने विश्लेषकहरुको भनाइ छ । यो विषयमा कुरा गर्नु धनसम्पति र सामाजिक अवस्थाबारे कुरा गर्नुभन्दा प्रभावकारी साबित हुने बताइएको छ ।


किनकी कसैलाई पहिलोपटक भेट्न लाग्दा उसको तस्बिर वा लेखाइका आधारमा हामीले मस्तिष्कमा ऊबारे भिन्दै छवि बनाइसकेका हुन्छौँ । त्यसकारण पहिले नै स्पष्ट रुपमा आफ्नो रोजाइ बताउनाले एकअर्काबाट राखिने अपेक्षा व्यवस्थित हुन सक्छन् । धेरै अवस्थामा हाम्रा तिनै अव्यवहारिक अपेक्षाका कारण निराश हुनुपर्ने हुन सक्छ ।


पहिलो भेट 

अहिलेको समयमा मानिसहरुको सामाजिक संजालमार्फत् पनि प्रेम हुने गरेको छ । तस्बिर र लामो समय कुराकानी गरिसकेपछि पहिलोपटकको भेट दुवैका लागि उत्साहजनक हुन्छ । तरपनि आमनेसामने भएर कुरा गर्नु र फोनमा वा अनलाइनमा कुरा गर्नुमा धेरै नै फरक रहेको पाइन्छ ।


अध्ययनका अनुसार एउटा पुरुषले म्यासेजमा आफूलाई ‘इन्टेलिजेन्ट’ महिला मन पर्ने भन्ने गरेको भएपनि प्रत्यक्ष भेट गर्दा भने उसले ती महिलाबाट असुरक्षा महसुस गर्दछ, जसकारण बुद्धिमानी महिलाप्रति आकर्षित हुँदैन । त्यसैले पनि दुई व्यक्तिबीच कुराकानी मात्र होइन प्रत्यक्ष भेट पनि उत्तिकै जरुरी मानिन्छ ।


यसरी मान्छेले म्यासेज वा फोनमा कुरा गर्दा धेरै सावधानीपूर्वक आफूलाई समझदार देखाउन खोजिरहेको हुन्छ तर वास्तविक जीवनमा त्यसलाई अपनाउनु पर्दा उनीहरु आफ्नो असली भावनाबाट प्रभावित हुने गर्छन् । यस्तोमा कतिपय समयमा हामीलाई आफ्नो रोजाइ भन्दा विपरित किसिमका व्यक्ति पनि आमनेसामने भेट गर्दा आकर्षक लाग्न सक्छन् । 


हरेक दिन हामीले नयाँ अनुहार देखिरहेका हुन्छौँ जो जुनसुकै अवस्थामा हाम्रा सम्भावित जीवनसाथीमा परिणत हुन सक्ने क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी केरेन वु बताउँछिन् । उनले भनिन्, ‘तपाईँले कसैलाई अफिसमा, बारमा वा बाटोमा भेट्न सक्नुहुन्छ ।


यसरी छोटो अन्तरक्रियामै अर्को व्यक्तिप्रति रुची जागेको अवस्थामा सो व्यक्ति तपाईँसँग पुनः सम्पर्कमा आउने प्रयास गर्दछ ।’ त्यसैले पनि पहिलो इम्प्रेसनमा सकेसम्म सकारात्मक छाप छाड्ने प्रयास गर्नुपर्दछ । तर हामीले एक पलमै अर्को व्यक्तिबारे निर्णय गरिरहँदा अरु धेरै उपयुक्त उमेदवार छुट्न सक्ने पनि विश्लेषकहरु बताउँछन् ।


यसरी वातावरण, व्यक्तित्व र भावनाले पनि मान्छे मन पर्ने नपर्ने कुरामा ठूलो भूमिका निर्वाह गर्ने गर्दछ ।

बीबीसी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...