यौन सम्पर्क : टाउको दुखाईको अचूक औषधि

काठमाडौं । यौन सम्पर्क गर्दा धेरै फाइदा हुने वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यौन सम्पर्कले टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् ।

आमरुपमा यौन सम्पर्कबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ । यति मात्रै होइन् यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ ।

अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ । केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ ।

सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ ।

वैज्ञानिकहरुले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...