३९ वर्षकी महिला जसले जन्माइन् ३८ छोराछोरी

काठमाडौं । रुवान्डाकी एक ३९ वर्षीया महिलाको ३८ बच्चालाई जन्मदिएकी छिन् । मरियम नबातान्जी नामकी ती महिलाको गर्भाशयलाई असाधारण भनिएको छ ।

उनले ६ पटक जुम्ल्याहा ,चार पटक उनका तिम्ल्याहा र पाँच पटक ४–४ बच्चा जन्माएकी हुन् । एक पटक ती महिलाले एकैसाथ ६ बच्चा जन्माएकी थिइन् तर् 

एउटा बच्चाको पेटमा नै मृत्युभएपछि अरु कोही पनि बाचेनन् । पछिल्लो पटक नबातान्जी साढे २ वर्ष अगाडि गर्भवती भएकी थिइन् । उनीहरुको परिवार अफ्रिकामा सबैभन्दा ठूलो परिवार मानिन्छ । 

उनका पति घरमा खासै बस्दैनथे र उनको घरमा पतिलाई अभिशापका रुपमा लिइन्छ । उनले धेरै दुःख झेलेकी छिन् । पतिले केही काम नगरेकाले उनी आफैले हेयर ड्रेसिङ र कबाडी सामान बेच्दै आएकी छिन् । 

धेरै बच्चा जन्माउनुमा बनातान्जीले विगतलाई कारक मान्छिन् । उनको जन्मको तीन दिनपछि उनकी आमाको मृत्यु भएको थियो । 

उनका बाबुले अर्को विवाह गरे । सौतेनी आमाले सबै बच्चाको खानामा शिशाको गिलास टुक्राटुक्रा पारेर मिलाएर दिइन् । नबातान्जी सात वर्षकी छँदा भएको यो घटनामा उनका भाइ बहिनीहरु 

 सबै मारिए उनी भने बाँचिन् । उनी आफ्ना नातेदारकहाँ गइन् र बसिन् । त्यतिबेलै मनमा ख्याल गर्थिन् कि ६ बच्चा जन्माएर फेरि परिवार बनाउने । उनको १२ वर्षको उमेरमा बिहे भएको थियो ।

एक वर्षपछि उनले जुम्ल्याहा बच्चा जन्माइन् । डाक्टरले अन्डाशय असामान्य रुपले ठूलो भएकाले गर्व निरोधक चक्की लिनु घातक भएको बताएपछि उनको जीवनको मोड नै बदलियो । शरीरको यो विकृतिले उनका यतिधेरै सन्तान होलान् भन्नेसम्मको जानकारी भएन । 



प्रतिकृया दिनुहोस