शनिबार गर्नै नहुने यी ५ काम, गरे...

काठमाडौं । शनिबारको दिनलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।

शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ शनिबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ :

भारी कपडा नधुनु 

शनिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ ।

लक्ष्मीको मात्र पुजा

शनिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्नि बीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

नुहाउनु हुँदैन

शास्त्र शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

रौं काट्नु हुँदैन

शनिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । शनिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

नङ काट्ने हुँदैन

शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य शनिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।शनिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि शनिबार नगर्नु नै उत्तम हुन्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...