याद राख्नुस्, दाह्री र जुँगा कुकुरको शरीरमा भन्दा बढी खतरनाक किटाणु

काठमाडौं । छोरा मान्छेका गहना भने दाह्री र जुँगा हो । तर, दाह्री पाल्ने पुरुषहरुको लागि नराम्रो र दुःखद समाचार पनि छ । वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । 

वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए ।अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो ।

त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाइएको छ । तर आश्चर्य कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिएको थियो । १८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो ।

१८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए । स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेटले भने, ‘अध्ययनले कुकुरको शरीर तथा रौंमा भन्दा मानिसको दाह्रीमा बढी घातक जीवाणुको संख्या र मात्रा भेट्यो ।’

प्रतिकृया दिनुहोस