यूक्रेनमा हास्य कलाकार जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित हुँदै

यूक्रेन । मत सर्वेक्षणले यूक्रेनमा चुनावपछि हास्य कलाकार जेलेन्स्की राष्ट्रपति पदमा  निर्वाचित हुने सम्भावना  देखिएको छ । राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्स्कीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो ।

यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार हास्यकलाकार वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन् । चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए ।

जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई चुनौती दिएका थिए । आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएका छन् ।

म तपाइँहरूलाई कहिल्यै निराश बनाउने छैन,जेलेन्स्कीले समर्थकहरूलाई भने । म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन । तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत संघ पछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु, हामीलाई हेर ।

सबै कुरा सम्भव छ । मत सर्वेक्षणले गरेको सङ्केत सही रहेमा उनी पाँच वर्षका लागी राष्ट्रपति निर्वाचित हुने छन् । यूक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिला जस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ।


प्रतिकृया दिनुहोस