उत्तर कोरियाको दूतावासमा छापा मार्ने अमेरिकी सैनिक पक्राउ

काठमाडौँ स्पेनको राजधानी म्याड्रिडमा रहेको उत्तर कोरियाको दुतावासमा छापा मार्ने एक अमेरिकी सैनिकलाई पक्राउ गरेको अमेरिकी अधिकारीले बताएका छन । 

क्रिस्टोफर आन नामका ती सन्दिग्ध व्यक्तिलाई लस एन्जलिसस्थित एउटा अदालतमा पेस गरिने बताइएको छ । गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ अनबीच भियतनाममा शिखरवार्ता हुनुभन्दा केही दिनअघि सो घटना भएको थियो । अमेरिकी सङ्घीय अधिकारीले उक्त समूहका एक अगुवा एड्रिअन हङको घरमा पनि छापा मारेको वाशिङ्टन पोस्टले जनाएको छ । अमेरिकी न्याय विभागले भने तत्काल कुनै उत्तर दिएको छैन । दुई तले भवन भएको उत्तर कोरियाली दूतावासमा पौडी खेल्नका लागि पोखरी पनि रहेको छ । फ्री जोस अनले एउटा विज्ञप्तिमा पक्राउपुर्जी जारी गरिएकोमा आश्चर्य व्यक्त गरेको छ ।

किम सत्ताको हिरासतबाट घर फर्किएका अन्तिम अमेरिकी नागरिक यातनाका कारण घाइते भएका थिए र उनी बाँचेनन्,विज्ञप्तिमा प्रवक्ता ली वुलोस्कीले भने, हाल उसले निसाना बनाएका अमेरिकी नागरिकहरूको सुरक्षाबारे हामीले अमेरिकी सरकारबाट कुनै पनि खालको प्रत्याभूति पाएका छैनौँ उत्तर कोरियालाई स्वतन्त्र बनाउन खोज्ने एउटा मानवाधिकार आन्दोलनका सदस्यहरूू भनेर चिनाउने १० जनाको एउटा समूह गत फेब्रुअरी २२ स्पेनस्थित उत्तर कोरियाली दूतावासमा बलपूर्वक पसेका थिए । त्यस घटनामा एक सहचारीसहित दूतावासका अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिइएको थियो।

एड्रिअनबाहेक अन्य दुई व्यक्ति पनि सो घटनामा संलग्न रहेको बताइएको छ। उनीहरू अमेरिकी नागरिक साम र्‍यू र दक्षिण कोरियाका उ रान ली हुन् । सो समूहले दूतावासका कर्मचारीहरूलाई घण्टौँसम्म बन्दी बनाएका थिए । एक महिला झ्यालबाट भाग्न सफल भएकी थिइन् र गुहार माग्दै कराएकी थिइन् । लगत्तै छिमेकीहरूले प्रहरी बोलाएका थिए।


घटनास्थलमा प्रहरी आइपुग्दा उनीहरूलाई एड्रिअनले स्वागत गरेका थिए । उत्तर कोरियाली नेता किमको तस्बिर अङ्कित बिल्ला भएको पहिरन लगाएका उनले दूतावासमा केही समस्या नरहेको बताएका थिए । उक्त समूहका अधिकांश व्यक्ति दूतावासको सवारीसाधन प्रयोग गरेर भाग्न सफल भएका थिए । एड्रिअन र अन्य केही त्यसपछि पछिल्लो भागमा रहेको प्रवेशद्वारबाट दूतावासकै गाडी प्रयोग गरेर निक्लिएका थिए। उनीहरू चार समूहमा बाँढिएर पोर्चुगलतर्फ लागेका थिए ।


प्रतिकृया दिनुहोस