एसीसी यू-१६ क्रिकेट: नेपालले आज म्यानमारको सामना गर्दै

काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली युवा टोलीले आज (शनिबार) पहिलो खेलमा म्यानमारसंग खेल्दैछ ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र म्यानमारबीचको खेल बिहान ९:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्  ।

म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल जितसहित सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने छैन । 

प्रतियोगिताको लागि थाइल्याण्ड जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाहीले तयारी छोटो भएपनि आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम रहेको बताएका थिए । साविकको विजेता नेपाललाई उपाधि रक्षाको चुनौती समेत रहेको छ ।

यू-१६ प्रतियोगितामा म्यानमारविरुद्ध नेपालको नतिजा उत्कृष्ट रहेको छ । गत संस्करणको समूह चरणको भेटमा नेपालले म्यानमारलाई ३३७ रनले हराएको थियो । 

नेपाल शनिबार पहिलो खेलमा म्यानमारविरुद्ध अघिल्लो संस्करणको जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यता, म्यानमार भने नेपालसंग बदला लिने योजनासहित मैदान उत्रने छ । 

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...