आईपिएलमा मुम्बईसंग दिल्ली ४० रनले पराजित

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन् । 

मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । 

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।

यसअघि टस  जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सुर्य कुमार यादबले २६ रन बनाए ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।

जितसंगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ ।  पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ  ।

प्रतिकृया दिनुहोस