वाता ओपन इन्टरनेशनल तेक्वान्डोमा नेपालले सहभागिता जनाउने

काठमाडौं । आगामी शनिबार जापानको ओसाकामा हुने १७औं वाता ओपन इन्टरनेशनल तेक्वान्डो प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको विदाई गरिउको छ ।

सो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेलको सफलताको कामना गर्दै परराष्ट्र मन्त्री प्रदीपकु्मार ज्ञवालीले राष्ट्रिय झण्डा दिँदै विदाई गरे ।

सो प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट अशोक खड्का, मोहन बिश्वकर्मा, जितसिंह लामा, रोशन खान, रामप्रसाद पुडासैनी, अभिषेक राना, आकृति गुरुङ, प्रदीप गिरी, सुनिल सिंह, विद्या राई लगायत छन् । सो प्रतियोगितामा अशोक खड्का, मोहन बिश्वकर्मा र जितसिंह लामाको निर्णायकको भुमिका निर्वाह गर्ने छन् । सो प्रतियोगितामा २२ देशको सहभागतिका रहने छ ।

गत वर्ष सम्पन्न १६औं वाता ओपन इन्टरनेशनल तेक्वान्डो प्रतियोगितामा नेपालले १ स्वर्णसहित अन्य पदक पनि हात पारेको थियो । यो वर्ष कम्तीमा पनि ४ स्वर्ण पदक जित्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय निर्णायक तथा टोली प्रमुख अशोक खड्काले बताए । 

प्रतिकृया दिनुहोस