वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिपमा न्यु डायमण्डको पहिलो जित

Dai

काठमाडौं । क्रोएसियामा जारी वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिपमा नेपालको न्यु डायमण्ड एकेडेमीले पहिलो जित निकालेको छ ।

बिहिबार भएको खेलमा न्यु डायमण्डले अजरबैजानलाई २–१ के सेटमा हराउँदै पहिलो जित हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट २०–२५ ले गुमाएपनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गरेको थियो । न्यु डायमण्डले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले जित्दै पहिलो जित निकालेको हो ।

अब न्यु डायमण्डले शुक्रबार हंगेरीसँग खेल्नेछ ।

पहिलो खेलमा न्यु डायमण्ड नेदरल्याण्डको टिमसंग २–० को सोझो सेटमा पराजित भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस