आईपीएल: सन्दीपको टिम दिल्ली हैदरावादसंग पराजित

Hai

एजेन्सी । सनराइजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । 

बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले तेस्रो जित निकालेको हो ।

फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा जोनी बेर्सस्टोले आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन बनाए । डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०/१० विकेट लिए ।

दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान १/१ विकेट लिए ।

हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका हुन् ।  हैदरावादसंगको विकेटसंगै सन्दीपले यस सिजनको ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् । 

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे ।

यस्तै दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शले ११ रन जोडे ।

हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २/२ विकेट लिए ।  

जितसंगै हैदरावादले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ  । र, हैदरावाद शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीको यो लगातार दोस्रो हार र समग्रमा तेस्रो हार हो । पाँच खेलमा २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस