अविवाहित युवक विवाहित महिलालाई किन मन पराउँछन् ? यस्तो छ कारण

Safe women

काठमाडौं । हरेक महिलालाई लाग्ने गर्छ की आफुलाई अविवाहित पुरुषल हेर्दैन र वास्ता गर्दैन । तर, धेरै महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो सत्य हो ।

विवाहित महिला र अविवाहित महिलाबीच आकास पातालको फरक हुनछ । विवाहित महिला कामप्रति ध्यान दिन्छन् । तर, अविवाहित महिला त्यति आफ्नो कामप्रति ध्यान दिँदैनन् । त्यति मात्रै होइन, विवाहित महिलाबाट कुनै समस्या आउँदैन भन्ने लागेर पनि अविवाहित युव विवाहित र पाखा महिलाप्रति आकर्षित बनेको पाइन्छ ।

हालसालै गरिएको एक अध्ययनले पनि यस कुरालाई पुष्टी गरेको छ । धेरै अविवाहित युवकहरु आफ्नो चिनजानका विवाहित महिलाप्रति मोहित हुने गर्छन् । उक्त अध्ययनमा आखिर किन अविवाहित पुरुषहरुले विवाहित महिलाहरुलाई अविवाहित युवतीहरुलाई भन्दा धेरै मन पराउँछन् भनेर उत्तर खोज्ने प्रयास गरिएको थियो । अध्ययनका अनुसार अविवाहित युवाहरुले विवाहित महिलासँग डेट गर्न चाहनुका निम्न ५ कारणहरु रहेका छन्ः

१.आत्मविश्वास
अविवाहित महिलाहरुको तुलनामा विवाहित महिलाहरुमा आत्मविश्वास धेरै हुने गर्छ । उनीहरुको यो खुबीको कारणले भर्खरका युवाहरुलाई उनीहरुतर्फ खिच्छ । उनीहरुलाई महिलाहरुले आफूलाई कुनै पनि समस्याबाट बाहिर निकाल्न सक्छन् भन्ने लाग्छ ।

२.केयरिङ स्वभाव
विवाहित महिलाहरु धेरै नै केयरिङ स्वभावका हुन्छन् । उनीहरु दिनभर आफ्नो परिवारको अघिपछि घुमिरहन्छन् । उनीहरुलाई परिवारको सदस्यहरुको खानपान र स्वास्थको बारेमा हरबखत चिन्ता हुन्छ । तर, सिंगल वा अविवाहित युवतीहरुलाई कसैको पनि परवाह हुँदैन त्यसैले पनि विवाहित महिलाको केयरिङ स्वभावलाई अविवाहित पुरुषहरुले मन पराउँछन् ।

३.शालीन स्वभाव
विवाहित महिलाहरु अफिस र घरको काम धेरै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । दिनभर काम गर्दा पनि उनीहरुको अनुहारमा मुस्कान देख्न सकिन्छ । उनीहरु हत्तपत्त कुनै कुरामा आफ्नो असन्तुष्टि वा रिस प्रकट गर्दैनन् र यस्तो बानी युवाहरुलाई मन पर्छ ।

४.हर्मोनमा परिवर्तन
विवाहपछि महिलाहरुको हार्मोनमा कैयौं परिवर्तन आउँछन् । यी परिवर्तनको कारण उनीहरु पहिला भन्दा धेरै आकर्षक र स्मार्ट देखिन्छन् । यसको साथै उनीहरुको अनुहारमा चमक पनि आउन थाल्छ जसले अविवाहित युवाहरुलाई आफूतिर आकषिर्त गर्छ ।

५.कामको मात्रै कुरा गर्ने बानी
विवाहित महिलाहरु कामको मात्रै कुरा गर्छन् र जिम्मेवारीको कारण व्यवहारिक हुन्छन् । आफ्नो काम भन्दाबाहेक अरु कुरामा ध्यान दिने उनीहरुलाई फुर्सद पनि हुँदैन । तर, अविवाहित युवतीहरु कैयौं घण्टासम्म बिना मतलब फोनमा झुण्डिरहन्छन् । विवाहित महिलाहरुको कामको बारेमा मात्रै सोच्ने बानी युवाहरुलाई धेरै राम्रो लाग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...