जिदानको प्रशिक्षणमा रियलको पहिलो हार

Dfdfdf

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासंग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन गोनकालो गुएडेस र इजीकुइएल गारेले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा गुएडेसले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा इजीकुइएलले भ्यालेन्सियाको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा बेन्जिमाले एक गोल फर्काएपनि रियलको हार टार्न सकेनन् ।

यो हारसंगै रियलको उपाधि होडमा धक्का लागेको छ । यस्तै जिनेदान जिदानको प्रशिक्षणमा रियलले पहिलो हार व्यहोरेको छ ।

भ्यालेन्सियासंगको पराजयपछि रियलले ३० खेलबाट ५७ अंक जोडेको छ । रियल तेस्रो स्थानमा छ । पाँचौ स्थानको भ्यालेन्सियाको ४६ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस