आईपीएल: चेन्नईको पहिलो हार, मुम्बई विजयी

Cchheenn

एजेन्सी । साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । यो हारसंगै लिगमा चेन्नईको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १७१ रनको लक्ष्य पछाएको चेन्नईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि केदार जादबले अर्धशतकीय इनिङ्स खेल्दै ५८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै सुरेश रैनाले १६ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए । शार्दुल ठाकुर १२ रन मै अविजित रहे ।

मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले ३/३ विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए ।

चेन्नईका दिपक चाहर, रोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए ।

यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई छैटौं स्थानमा रहेको छ ।

पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ । चेन्नई दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...