आईपीएल: आज पनि एक मात्र खेल हुने, चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा

668966 rohit sharma ms dhoni afp

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा साविकको विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बईको वानखेडे स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ । यसअघि गयराति सम्पन्न खेलमा राजस्थान रोयल्सले पहिलो जित हात पारेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित हात पारेको हो । जयपुरमा भएको खेलमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १ सय ५८ रन बनाएको थियो । जितसँगै राजस्थानले छैठौं स्थानमा रहेको राजस्थानले ४ खेलपछि पहिलो २ अङ्क जोडेको छ । बैंगलोरको भने यो लगातार चौंथो हार हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...