आईपीएल: राजस्थानको पहिलो जित, बैंगलोरको हार कायमै

Rajastan

एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।

जयपुरमा बैंगलोरले दिएको १५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ३८ रन जोड्दा कप्तान अजिंका रहानेले २२ रन बनाए । राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३ रन बनाए । मोइन अली १८ रनमा अविजित रहे भने एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।

जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानले ४ खेलबाट २ अंक जोडेको छ । राजस्थानले यस अघिका ३ खेलमा भने लगातार हार व्यहोरेको थियो ।

बैंगलोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंगलोर लिगको पुछारमा रहेको छ । बैंगलोरले अंक जोड्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...