ओलम्पिक छनोटको दोस्रो चरण खेल्ने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

Toli

काठमाडौं, चैत १७ । ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपालको राष्ट्रिय महिला फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघले एन्फाले आज एक कार्यक्रमका बीच महिला फुटबल टोलीको बिदाई गरेको हो ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनोट प्रतियोगितामा महिला टिमले इतिहास रच्ने विश्वास रहेको बताए । उनले नेपाली महिला टोलीले म्यानमारमा राम्रो प्रर्दशन गर्ने कुरामा आफु आशावादी भएको धारणा राखे । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । नेपाल सम्मिलित समुहमा आयोजक म्यानमार सहित भारत र इन्डोनेशिया छन् । नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...