यौन सम्पर्कपछि पुरुष किन निदाउँछन् ? यस्तो छ कारण

Sex relation

काठमाडौं । सामान्यतयाः रातको समयमा यौनसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौनसम्बन्ध प्राकृतिक प्रक्रिया हो ।

यौन सम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौनसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने यौनसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौनसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ । तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ ।

अधिकांश पुरुष यौन सम्पर्कपछि निदाउने गर्छन् । यही कारण कति महिलाले आफ्नो पार्टनर वा पतिलाई शंकाको दृष्टिले हेर्नेसमेत गर्छन् । आफूलाई यौन साधन मात्रै मानेको वा आफ्नो पार्टनर कमजोर भएको भन्ने भ्रम उनीहरूमा पर्छ ।

तर मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘यौन सम्पर्कपछि पुरुष किन निदाउँछन् ?’ मा यसको कारण उल्लेख गरेका छन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतया यौन सम्पर्कपछि पुरुषलाई निन्द्रा लाग्छ तर महिला भने गफ गर्न मन पराउँछन् । यसका केही बायोलोजिकल वा जैविक कारण रहेको लेखकद्धयले बताएका छन् । पहिलो कारण भनेको प्रोलेक्टिन नामक पदार्थ हो । यो पदार्थ चरमोत्कर्ष ९अर्गाजम० लगत्तै शरीरमा उत्पन्न हुने गर्छ । शरीरमा यसको मात्रा बढेपछि आनन्द र थकान महसुस हुने गर्छ । महिलाभन्दा पुरुष पहिला चरमोत्कर्षमा पुग्ने भएका कारण उनीहरू छिटो निदाउने गर्छन् ।

यस कितावमा अन्य कारण पनि दिइएको छ । यौन सम्पर्कका क्रममा ऊर्जा खपत हुने गर्छ । यसले गर्दा मांसपेशीमा इनर्जी उत्पादन गर्ने तत्व ग्लाइकोजनमा कमि आउँछ । र पुरुष निदाउँछन् ।यसबाहेक चरमोत्कर्षपछि अक्सिटोसिन, गेमा अमिनो व्युटिरिक एसिड र एन्डोर्फिनको प्रभावले हल्कापन महसुस हुने गर्छ र निन्द्रा लाग्छ ।

यौन सम्पर्कपछि महिला किन निदाउँदैनन् ? भन्ने कारण पनि उक्त कितावमा उल्लेख गरिएको छ । लेखकद्धयले यसलाई आध्यात्मिक कोणबाट प्रष्ट पार्ने कोशिश गरेका छन् । उनीहरूका अनुसार पुरुषको चरमोत्कर्ष शरीर बाहिर हुने भएकाले ऊर्जाको हानि बढी हुन्छ । तर यसको ठीक विपरीत, महिलाको चरमोत्कर्ष भने शरीरभित्र हुने गर्छ । यस क्रममा महिलाको शरीरभित्र नै ऊर्जा विसर्जन हुने भएकाले ऊर्जाको हानि त्यति हुँदैन । फलस्वरुपः चरमोत्कर्षपछि महिला रोमांचित हुन्छन् र गफ गर्न मन पराउने गर्छन् ।

लेखकले यौन सम्पर्कपछि विपरीत दिशामा कोल्टे परेर निदाउन नहुने समेत सल्लाह दिएका छन् । यसको साटो आफ्नो पार्टनरलाई अंगालो मारेर सुत्न सल्लाह दिएका छन् । आलिंगनका कारण सामिप्यता र समर्पण दुबै बढ्ने उनीहरूको तर्क छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...