हराएका दिलिप रायमाझी ‘बिस्तारै’ मा यसरी झुल्किए (भिडियोसहित)

Bistarai ma dilip rayamajhi

काठमाडौं । गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘बिस्तारै’ को भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक जगदीश समालको स्वर रहेको गजलमा किरण श्रेष्ठले सङ्गीत भरेका छन् ।

आइतबार सार्वजनिक भएको उक्त गजलमा किरण कँडेलको एरेन्ज छ । गजलकार वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’ मा समावेश यस गजलको भिडियोमा अभिनेता दीलिप रायमाझी र मोडल अकेशा बिष्टको अभिनय देख्न सकिन्छ ।

गजलको आवाज रेकर्डको काम अमेरिकाको बोस्टनमा भएको हो भने गजलको भिडियो पनि बोस्टनमै छायाङ्कन गरिएको गजलकार वाग्लेले जानकारी दिए । विक्की पुलामीको निर्देशन रहेको गजलको भिडियोमा सागर शंकरको छायांकन, फराज अर्पनको सम्पादन देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...