धनकुटामा चियासँग कविताको छैठौं श्रृंखला सम्पन्न

Chiya sang kabita 6th

धनकुटा । धनकुटामा प्रत्येक शुक्रबार हुँदै आएको चियासँग कविताको छैठौं श्रृंखला आज सम्पन्न भएको छ । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रमप्रति साहित्यप्रेमीहरुको चासो बढ्दै गएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको हलमा भएको छैठौं श्रृंखलामा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले नेपाली भाषा कमजोर बन्दै गएकाले नेपाली भाषाको संरक्षणमा चियासँग कविता महत्वपूर्ण हुने बताए । प्रमुख जिल्ला अधिकारी पोख्रेलले पूर्वबाटै साहित्यको उदय भएकाले पूर्वबाट उदाएको चियासँग कविताले नेपाली साहित्यको विकासमा टेवा पु¥याउने बताए ।

चियासँग कविताको छैठौं श्रृंखलामा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. यज्ञप्रसाद गुरागाई, सामुदायी वन उपभोक्ता महासंघ धनकुटामा अध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई लगायतले धनकुटा साहित्यको खानी भए पनि त्यसलाई विश्वसामू पु¥याउन जरुरी रहेको बताए ।

सो कार्यक्रमममा मीनप्रसाद अधिकारी, गोपाल बराइली, केजी सुब्बा, रमेशचन्द्र अधिकारी, बद्री अधिकारी, नरेन्द्र कस्चित, डिल्लीराम फुँयाल, विदुर खवास लगायतले आफ्ना सिर्जना पस्किएका थिए भने चन्द्रकला धमला, ललित विक र रमेशचन्द्र अधिकारीले गीत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...