‘सेती खोला चाइनेजो’मार्फत रामशरणको शरणमा आए हेमन्त कान्छा

Hemanta kancha

काठमाडौं ।
सेती खोला चाइनेजो फनक्कै घुमेको
माछी छैनन् चाइनेजो जाल किन बुनेको ?

एक जमानाको चर्चित गीत हो सेती खोला चाइनेजो । जुन गीत दिग्गज सारंगी बादक, गायक एबम सर्जक रामशरण नेपालीले गाएका थिए ।

जुलाई कालजयी गीत भनिन्छ । जुन गीत सर्जक रामशरण नेपालीकै शब्द, संगीत र स्वरमा रेडियो नेपालमा रेकर्डिङ भएको थियो । यो गीतले अझैं पनि पुरानो संस्कृतिको झल्को दिन्छ । फेरि उही पुरानो संस्कृतिको झल्को दिनेगरी ‘सेती खोला चाइनेजो’ नेपाली सांगीतिक बजारमा आएको छ ।

युवा पुस्ताले सारंगी बजाउन रहर गरे पनि त्यसलाई व्यावसायीक बनाउन सकेको पाइदैन । सारंगी बादनमा रुची राख्ने हेमन्त कान्छा रसाइलीले उही ‘सेती खोला चाइनेजो’ लाई रिमिक गरेर बजारमा ल्याएका छन्, त्यो पनि म्युजिक भिडियोसहित ।

‘सेती खोला चाइनेजो’ मा उनी आफैंले सारंगी रेटेका छन् भने रिमिक स्वर पनि उनकै छ । यसमा हास्य कलाकार अर्जुन कुँवर र रचना साहुको अभिनय गरेका छन् । बिक्रम काउचाको छायांकन रहेको ‘सेती खोला चाइनेजो’को म्युजिक भिडियो अर्जुन कुँवरले निर्देशन गरेका छन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...