‘माफ गर’ भन्दै विष्णु माझीलाई लिएर आए शिरीष देवकोटा

Maf gar shirisha devkota

काठमाडौं । लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘माफ गर’ शीर्षकको लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् ।

रोईला (खेली) गायकका रुपमा चर्चित देवकोटाले पछिल्लो समयमा विछोडिनेहरुको पीडालाई समेटेर गीतमार्फत बजारमा ल्याएका हुन् ।

देवकोटाको लय, शब्द र स्वर रहेको सो गीतमा चर्चित गायिका विष्णु माझीले स्वर दिएकी छन् । गुरुआमा फिल्मस् प्रालिले बजारमा ल्याएको सो गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।

सो गीतमा आशिरप्रताप जंग र सुस्मिता सापकोटाले अभिनय गरेका छन् । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौं रोइला गीत बजारमा ल्याइसकेका छन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...