पूर्वी चीनमा शक्तिशाली बिस्फोट, ४४ जनाको मृत्यु, ६ सय ४० जना घाइते

China bisfot

काठमाडौं । पूर्वी चीनको येनचंग शहरमा तियानजियाइ केमिकल कम्पनीमा शक्तिशाली बिस्फोट भएको छ । उक्त बिस्फोटमा परी ४४ को ज्यान गएको छ भने ६ सय ४० जना घाइते भएका छन् ।

येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयअनुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा बिस्फोट भएको जनाईएको छ ।

चीनियाँ मिडियाका अनुसार बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । सोे कारखानामा मल ९ फर्टिलाइजर ० बनाउने काम हुन्छ । चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २.२ तीब्रताको भूकम्प आएको जनाएको छ ।

चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो आज (शुक्रबार) नियन्त्रणमा आएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर रहेको छ ।

सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ ।

स्थानीय मिडिया अनुसार बिस्फोट यति शक्तिशाली थियो कि कारखाना नजिकका भवन पनि चपेटामा परेका छन् ।

प्रतिकृया दिनुहोस