‘केसरी’लाई दर्शकको माया, सालको पात र लालुमैसँग तुलना, चर्चामा दिनेश (भिडियोसहित)

Kesari

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको अर्को उत्कृष्ट केशरी भर्खर मात्र सार्वजनिक भएको छ । दिनेश क्षेत्री र माझीको आवाज रहेको सो गीत यो बर्षको उत्कृष्ट गीत मध्येको अर्को एउटा गीत हो भन्दा फरक पर्दैन । सो केसरी बोलको गीतलाई धेरै दर्शकले सालको पात र लालुमै सँग समेत तुलना गरेका छन ।

तिर्सना म्युजिकले केहि समयको अन्तराल पछि सार्वजनिक गरेका सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने यो गीतमा पनि प्रकाश भट्टले अर्को दमदार काम गरेका छन । सावित्रा चिलुवालको उत्कृष्ट शब्द तथा दिनेश क्षेत्र र सुनिल विसीको संगीत रहेको सो गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले मनमोहक निर्देशन गरेका छन । तिर्सना म्युजिकले बजार ब्यवस्थापन गरेको सो गीतलाई तिर्सनालेनै आफ्नो च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...