सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस सम्पन्न

Sekred acwdemy

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिवादी चिन्तनबाट अलग गराएर देश र समाजको सेवा गर्न विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताएका छन् ।

सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रममा उनले विद्यार्थीलाई पढाई सँगसँगै अतिरिक्त ज्ञान र सीपको आवश्यकता भएको हुँदा भक्तपुर नगरपालिकाकाले युवा लक्षित विभिन्न अन्तर नगर खेलकुद प्रतियोगिता, रञ्जना लिपी, विदेशी भाषाको कक्षा र विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताए ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले विद्यालय राम्रो पार्न शिक्षिक वर्ग, विद्यार्थी र अभिभावकको समन्वय आवश्यक भएको र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप, सरसफाइ तथा नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्ने बताए । उनले पारागण एकेडेमीका प्रधानाध्यापक पुण्यराम कवांले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम जीवनउपयोगी भएको र नयाँ पुस्ताका विद्यार्थीहरुलाई नैतिक शिक्षा र अनुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल श्रीराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार विकासदेव लामा, कर्मा लोब्साङ लामा लगायतले पनि आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्षको उत्कृष्ट विद्यार्थी, शिक्षक–शिक्षिकालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस