बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

Ifgruk9b2uuskn6opbqr

काठमाडौं । अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ ।

हम्जा अलकायदाका नेताकारूपमा उदाइरहेको अमेरिकी अधिकारीहरुको विश्वास छ ।

३० वर्षको विश्वास गरिएका हम्जा अफगान–पाकिस्तानसीमानजिक रहेको विश्वास गरिन्छ ।

पछिल्लो समय उनले सार्वजनिक गरेका श्रव्य–दृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए ।

बिन लादेन अमेरिकी सेनाले गरेको कारबाहीमा पाकिस्तानको एवोटावादमा मारिएका थिए ।

हम्जालाई अमेरिकाले दुई वर्षअघि विश्वका लागि ‘खतरनाक’ आतंकवादीको सूचीमा राखेको थियो ।

उनका बुवा लादेनलाई मारिँदा संकलन गरिएका पत्रमा हम्जालाई उत्तराधिकारीकारूपमा अगाडि बढाइरहेको संकेत देखिएको बताइन्छ ।

उनको विवाह अमेरिकाको ‘ट्वीन टावर’मा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको मानिन्छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...