‘राष्ट्रपति मादुरो हाम्रो परिवारमाथि खनिन सक्छन्, तर पछुतो छैन’

732810802clashes break out in venezuela border towns

काठमाडौं । भेनेजुएलाको राजनीतिक संकटले गम्भीर रुप लिँदै गएको छ । विपक्षीले विदेशबाट आएको मानवीय सहायता सामग्री देश भित्र्याउन गरेको प्रयास र सरकारको त्यसलाई रोक्ने प्रयासका बिच सीमा क्षेत्रमा झडप भए ।

राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा आंशिक रुपमा बन्द गरे भने कोलम्बियासँगको कूटनीतिक सम्बन्ध नै तोडे । कोलम्बिया र ब्राजिलसहितका धेरै दक्षिण अमेरिकी देशले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोलाई साथ दिएका छन् ।

अमेरिकासहितका देशबाट आएको सहायता सामग्री भित्र्याउने प्रयासमा गुएडोका समर्थक शुक्रबार र शनिबार लागे । राष्ट्रपति मादुरोले त्यसलाई रोक्नका लागि सुरक्षाकर्मी तैनाथ गरे । तर केही सुरक्षाकर्मीले उनको आदेशको उल्लंघन गरे र विपक्षीलाई साथ दिए ।

यसरी विपक्षीको साथ दिएका सुरक्षकर्मीले अब आफ्नो परिवारमाथि जोखिम बढेको बताएका छन् । बिबिसीसँगको कुराकानीमा उनीहरुले राष्ट्रपति निकोलश मादुरोबाट आफ्नो परिवारमाथि जोखिम रहेको बताएका हुन् ।

२३ वर्षका ओर्ला गुएरिनले भनेका छन्, ‘राष्ट्रपति मादुरो मेरो परिवारमाथि खनिने सम्भावना छ । तर मलाई लाग्छ कि उनको साथ छोड्ने मेरो निर्णय अहिलेसम्मकै उत्कृष्ट निर्णय हो ।’

१०० भन्दा बढी सुरक्षाकर्मीले मादुरोको साथ छोडेका छन् । चीन र रुसको साथ पाएका मादुरो सेनाको साथकै कारण सत्तामा टिकिरहेका छन् । तर अब बिस्तारै सुरक्षाकर्मीको साथ पनि टुट्दै जाने देखिएको छ ।

सुरक्षासेवामा धेरै मादुरोबाट बेखुशी रहेको उनको विपक्षमा उभिएकाले बताएका छन् । आफूहरुको अग्रसरताले सुरक्षाकर्मीहरुमा गम्भीर प्रभाव पार्ने एक २९ वर्षका सुरक्षाकर्मीले बताएका छन् । सुरक्षासेवामा रहेका भ्रष्टहरु बाहेक सबै मादुरोबाट खुशी नरहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...