‘मर्नु छ एक दिन सँधै बाँचिरहने को छ’ भन्दै काठमाडौंमा

Tin

काठमाडौं । "मिडियामा भाईरल भएका कर्णाली प्रदेश दैलेख जिल्लाका तीन बालकलाकार यति बेला काठमाडौंमा छन् । गीत गाइरहेको भिडियो फेकबुकमा भाईरल भएपछि मिडियामा छाएका यी तीन बालकलाकारलाई सम्राट चौलागाँईले काठमाडौंमा ल्याएका हुन् ।

घरमै गएर उनीहरुलाई लिएर आएका चौलागाँईले अब यी बालकको लागि केहि गर्ने बिश्वास दिलाएका छन् । पछिल्लो समयमा नेपाली कला क्षेत्रमा विभिन्न प्रतिभा भएका कलाकारहरु भित्रिने क्रम बढ्दो छ । प्रतिभालाई उमेर, वर्ग, क्षेत्र र भेग केहि पनि कुराले छेक्दैन ।"

मिडिया अझै त्यसमा युट्युव अहिले कुनै न कुनै कला, प्रतिभा भएका कलाकार भाईरल दिनहु भैरहेका हुन्छन् । यहि क्रममा अहिले कर्णाली प्रदेशको दैलेख जिल्लाका तीन भार्इहरु मिडिया, सामाजिक संजालमा भाईरल बनिरहेका छन् । कर्णालीको पुलमा गीत गाएर चर्चामा आएका यी तीन बालकलाकारहरु अहिले काठमाडौंमा छन् ।

झट्ट हेर्दा तिम्ल्याहा तीन दाजुभाईजस्ता देखिने यी बालक नाताले मामाभान्जा पर्छन् । १२ बर्षका सुनिल बादी ११ बर्षका रविन्द्र बादी र ११ बर्षकै विकास बादीको आवाजमा गीत पनि रेर्कड भएको छ ।

 ‘मर्नु छ एक दिन सँधै बाँचिरहने को छ 
कोही गरिव हुन सक्छ, कोही धनी हुन सक्छ
गरिव भनेर रुनुपर्दैन, धनी भनेर खुशी हुनुपर्दैन’

काठमाडौंमा यही गीत रेकर्ड गराएका छन् सुनिल, विकास र रविन्द्रले । यी तीन बालकलाकारहरुले गीत गाउदा पनि एकै स्वर, लय र तालमा गाउँछन् । आर्थिक अवस्था कमजोर भएका यी तीन बालकलाकारहरु यहि काठमाडौंमै बसेर धेरै पढ्न र सांगेतिक क्षेत्रमा लाग्न चाहन्छन् । गाउँमा हुँदा बिद्यालयको ड्रेस नभएकै कारण शिक्षकको हातबाट पिटाई खाएको बताउदै आर्थिक सहयोगमा पैसा भन्दा पनि आफुहरुलाई पढाई दिन आग्रह गरेका छन् । 

 

प्रतिकृया दिनुहोस