टंगाल स्कुलका विद्यार्थीले गरे कलात्मक प्रदर्शनी हजारभन्दा बढीले गरे अवलोकन

Student pradarsani

काठमाडौं । काठमाडौंको हाडिगाउँस्थित टंगाल माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री प्रदर्शनी गरेका छन् । उनीहरुले सो प्रदर्शनीमा राखिएका सामाग्री नेपालको राष्ट्रिय फूल गुराँस, राष्ट्रिय जनावर गाईको कलात्मक चित्र कागजबाट बनाएका थिए ।

सो प्रदर्शनीमा ‘विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी’ नाम दिएको प्रदर्शनीमा हेर्दा नेपालको नक्सा झल्कने खालका थिए । नेपालको हिमालदेखि तराईसम्म बस्ने मानिसका वेशभूषामा सजिएका जातजातिका निकै कलात्मक तरिकाले निर्माण गरेर प्रदर्शनीमा राखिएका थिए ।

उनीहरुले नेपालको भाषा र साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य र साहित्यकार झमक घिमिरेका तस्बीरहरु पनि कलात्मक तरिकाले बनाएका थिए । प्रदर्शनीमा विज्ञान, वातावरण, संरक्षण क्षेत्रका विषयमा पनि निकै मिहिनेत देखेर विद्यार्थीले शैक्षिक सामग्री निर्माण गरी प्रदर्शनमा ल्याएका थिए ।

कक्षा ९ मा पढ्ने विद्यार्थीद्वय अर्जुन शर्मा र चन्द्रप्रसाद घिमिरेले केवलकारको नमूना बनाएका थिए । धेरै शिक्षक तथा विद्यार्थी केवलकार हेर्न झुम्मिएका थिए । सो नमुना केवलकार स्विच थिचेपछि चल्ने र बन्द गरेपछि रोकिने भएकाले दर्शकको आकर्षणको केन्द्र बनेको देखियो ।

अर्का कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुर्य विश्वा मगरले कार्टुनको प्रयोगबाट नेपालको नक्सा, कम्प्युटर, डोजर र हलो बनाएका थिए । जुन एउटा व्यावसायिक कलाकारले बनाएको भन्दा कम थिएन ।

विद्यालयले शैक्षिक प्रदर्शनी गरेकामा निकै खुशी लागेको प्रदर्शनी आयोजक समितिकी संयोजक कक्षा ९ मा पढ्ने सुम्निमा सुब्बाले बताइन् । ‘सरकारी विद्यालयमा पढ्नेलाई केही बनाउनै आउँदैन कि जस्तो व्यवहार गर्छन्, कति गर्न सक्छन् भन्ने प्रदर्शनीले नै भल्काउँछ ।’

सो प्रदर्शनी हेर्न २० विद्यालयबाट करीब ४ सय विद्यार्थी र अभिभावक, शिक्षा प्रेमीलगायत गरी एक हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका थिए । सो विद्यालयमा हाल एक हजार विद्यार्थी छन् । काठमाडौँ महानगरपालिका–५ मा रहेको एउटा मात्र सामुदायिक सो विद्यालयमा शिशु कक्षादेखि दशजोड दुईसम्म पढाइ हुन्छ ।

विद्यालयको शैक्षिक क्यालेण्डरमा नै व्यवस्था गरेर सो विद्यालयले आज शैक्षिक प्रदर्शनी गरेको हो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीका अनुसार विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलाप उजागर गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी गरिएको हो ।

विसं २०२० मा स्थापना भएको विद्यालयका १ सय जना विद्यार्थीले शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । प्रदर्शनीमा विज्ञान, वातावरण, सामाजिक, महाकवि देवकोटा, साहित्यकार घिमिरेलगायत वाणीसहित तस्बीर प्रदर्शनी गरिएको थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...