चैत २२ देखि ३० गतेसम्म महिला च्याम्पियन्स लिग क्रिकेट हुने

Lc3qgldpyz1trsvhiose

काठमाडौं । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलोपटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ ।

प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

प्रतियोगितामा पाँच सहरका पाँच टोलीको सहभागिता रहनेछ । ‘पहिलो सिजन पाँच सहरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा पुरुषकैजस्तो महिला खेलाडीका लागि पनि व्यावसायिक बनाउने प्रयास रहनेछ’–लामाले भने ।

प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकाले केही समयपछि जानकारी दिने उनको भनाइ थियो । प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट लिलाम बढाबढ (अक्सन)बाट गर्ने वा नगर्ने भन्ने जानकारीसमेत केही दिनमै सार्वजनिक गर्ने तयारी छ ।

कार्यक्रममा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टोलीमा राम्रो सन्देश प्रवाह हुने बताए ।

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो फड्को मार्नसक्ने बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको उल्लेख गरे ।

महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको प्रतिक्रिया दिइन् ।

प्रतियोगिताको सहर, टोली र खेलतालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने लामाको भनाइ छ ।

यसअघि, क्विन्स इभेन्ट म्यानेजमेन्टलले पोखरा प्रिमियर लिग (पीपीएल) सफलतापूर्वक आयोजना गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...