कश्मीरमा चरमपन्थीको आक्रमणबाट ४० सुरक्षाकर्मीको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा निन्दा

Fbuynewinhtqjkuat9se

काठमाडौं । भारत प्रशासित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडिलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

राजमार्गमा गुडिरहेका सुरक्षाकर्मीका गाडीलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई हिजो साँझ टेलिफोन गरी कश्मीरमा सुरक्षाकर्मीमाथि भएको हमलाको निन्दा गरेका छन्  । उनले भारतीय प्रधानमन्त्री मोदीलाई समवेदनासमेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...