इरानमा आत्मघाती बम हमला, २७ जनाको मृत्यु, अन्य २० घाइते

Boom 22

काठमाडौं । इरानको दक्षिण–पूर्वी भागको एक सडकमा आत्मघाती बम हमलामा भएको छ । उक्त हमला परी २८ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ ।

इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए । आक्रमणमा अन्य २० गार्ड घाइते भएका छन् ।

हमलाको जिम्मेवारी सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ । सन् २०१२ देखि सुन्नीहरुले सशस्त्र संघर्ष गर्दै आएका छन् ।

इरानले उक्त समूहलाई अमेरिकाले उचालेको बताउँदै आएको छ । पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँगै यो घटनालाई इरान सरकारले जोडेको छ ।

उसले सम्मेलनमा इरान विरोधी गतिविधि कसरी गर्नेभन्नेमा पनि छलफल दाबी गरेको छ ।

इरानी विदेशमन्त्री मोहम्द जवाद जरिफले एक ट्वीट गर्दै ‘वार्सामा सर्कस सुरु हुने दिन नै इरानमा आतंकवादी हमला हुनु संयोग मात्र नभएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस