यौन दुराचारको आरोपमा ६० वर्षको जेल सजाय

Jail

काठमाडौं । झण्डै तीन सय बालबालिकालाई यौन दुराचारको आरोपमा कोलम्बियामा एक व्यक्तिलाई ६० वर्षको जेल सजाय सुनाइएको छ ।

कोलम्बियाको ब्यारेक्युएला शहरको एक अदालतले सन् २००७–८ मा ती बालबालिकालाई यौन दुराचार गरेको ठहर गर्दै हुवा कार्लोस सान्चेज लातोरेलाई सो सजायँ सुनाएको हो । अनलाईन मार्फत सम्पर्कमा बोलाएर २ सय ७६ बालबालिकाको शोषण गरेको अभियोजनकर्ताले दायर आरोपपत्रमा उल्लेख छ ।

लातोरेले आफै ईन्टरनेट मार्फत बालबालिकाको तस्विर तथा भिडियो समेत सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटना सार्वजनिक भएपछि फरार उनलाई प्रहरीले गत वर्ष भेनेजुएलाबाट नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

भेनेजुएला सरकारले सुपुर्दर्गी गरेपछि उनीमाथि कारवाही अघि बढेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...