ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागे

Yyy

काठमाडौं । आफुले चलाइरहेको जिप दुर्घटनामा परेपछी ९७ बर्षिय ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागेको बकिङ्घम दरबारले जनाएको छ ।

९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका श्रीमान हुन् । आफूले चलाइरहेको ल्यान्ड रोभर जीप हालै दुर्घटनामा परेपछि उनले क्षमायाचना गरेका थिए ।

राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्स सम्बन्धी निकायमा पठाइएको नोरफोक प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनासम्बन्धी फाइल सरकारी अभियोजन कार्यालयमा पठाइएको र उसले राजकुमारको पछिल्लो कदमलाई ध्यान दिने बताइएको छ ।

बीबीसीका अनुसार उहाँले गत महिनाको दुर्घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । दुर्घटनापछि आफैँले कार हाँक्ने उहाँको निर्णयको आलोचना भएको थियो ।

अब राजकुमार फिलिपसँग चालक हुनेछन् । जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएनु भएको थियो तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो ।

कियामा एक नौ महिनाको बालकसहित तीनजना मानिस सवार थिए ।

राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई ‘निकै दुःखदायी घटना’ को रूपमा स्वीकार गरेका थिए । (एजेन्सी)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...