रुसको सुदूर इलाकामा भालुको डरले संकटकाल घोषणा

रुसको सुदूर इलाकामा भालुको डरले संकटकाल घोषणा

रुसको एक सुदूर इलाकामा भालुका कारण आपतकालको घोषणा गरिएको छ । ‘नोवाया जेम्लया’ नामक द्वीपमा भालुले सर्वसाधारणमाथि हमला गरेपछि त्यहाँको प्रशासनले संकटकाल घोषणा गरेको जानकारी दिएको छ ।

स्थानीयका अनुसार यस द्वीपको आवसीय क्षेत्रमा करिब एक दर्जन ध्रुवीय भालु देखिएपछि मानिसमा त्रास फैलिएको छ ।

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु प्रभावित भैरहेका छन्, उनीहरु खानाको खोजीमा भड्किएका हुन् । लोपोन्मुख प्रजातीमा समावेश गरिएका कारण रुसमा भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

यसका साथै संघीय पर्यावरण एजेन्सीले भालु मार्नका लागि लाइसेन्स दिन अस्वीकार गरेको छ ।

स्थानीय अधिकारीले बताए अनुसार प्रहरीको तर्फबाट जारी गरिने चेतावनीबाट पनि भालु डराउँदैन जसका कारण यो क्षेत्र थप तनाबग्रस्त बनेको छ ।

यो द्वीपको प्रमुख इलाका बेलुश्या गुबामा एकैपटक ५२ ओटासम्म भालु देखिएको बताइएको छ । स्थानीयका अनुसार भालुका कारण स्थानीय त्रासमा छन् जसका कारण जनजीवन प्रभावित भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेवाले फेरि २५ हजार कर्मचारीका लागि बिज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  ...