म्यानमारसँग नेपाल ३–० ले स्तब्ध

Khel 26

काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको पहिलो खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिम म्यानमारसँग पराजित भएको हो ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो । खेलको ४४ औ मिनेटमा नेपाल पछाडी परेको थियो । म्यानमारकी खिम मोई ओईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी छन् । खेलको ५२ औ मिनेटमा दोस्रो गोल ब्यहोरेको नेपालले ७७ औ मिनेटमा तेस्रो गोल खाएको थियो ।

जितसंगै म्यानमारले तीन अंक जोडेको छ । नेपाल अंक जोड्न असफल भएको छ । प्रतियोगितामा नेपाल सहित भारत, म्यानमार र ईरान समवोश छन् ।

प्रतिकृया दिनुहोस