चेतनामुलक गीत 'दियो बल्दैन' बजारमा (भिडियोसहित)

Ddddddddd

काठमाडौं । नेपालमा जातिय भेदभावको अन्त्य भैसकेको कुरा नेताहरुको बोलिमा मात्र सिमित भएको र समाजमा अझे उस्तै भेद्भाव रहेको भन्दै नयाँ गीतमा बजारमा आएको छ । दलित अधिकारका निमित्त नयाँ पृथक गीत “दियो बल्दैन” गीतको काठमाडौमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहेका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा सन्चारकर्मी एबम दलित महिला अभियन्ता सरु सुनार, राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहेका थिए भने अतिथिहरु जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन रामदाम, कृष्ण गदाल लगायत अन्य रहेका थिए । सो कार्यक्रमको संचालन राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सोहि जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । यस गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय । यस गीतलाई पछिल्लो समयको ब्यस्त म्युजिक कम्पनी धिताल फिल्मस प्रालिले बजार ब्यवस्थापन गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...