अभिषेक र ऐश्वर्याका यि पाँच फिल्म, जस्ले सम्बन्ध अझै बलियो बनायो

Aisorya

काठमाडौं । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन बलिउडका हिट जोडीमध्ये हुन् । फेब्रुअरी ५ तारिख अभिषेकको जन्मदिन हो । सन् १९७६ मा जन्मिएका उनलाई असल छोरा, श्रीमान् र बाबु पनि मानिन्छ । ऐश्वर्या र अभिषेकको जोडीलाई रिल लाइफ र रियल लाइफमा खुब रुचाइन्छ । अभिषेकको जन्मदिनको अवसरमा ऐश्वर्या र उनको अनस्क्रिन जोडीबारे भारतीय मिडियाले चर्चा गरेका छन् ।

ढाई अक्षर प्रेमके
ऐश्वर्या र अभिषेकले पहिलोपटक फिल्म ‘ढाई अक्षर प्रेमके’ मा सँगै काम गरेका थिए । यो फिल्म सन् २००० मा रिलिज भएको थियो । दर्शकले उनीहरूको जोडीलाई खुबै रुचाएका थिए । राज कवँरको निर्देशनमा बनेको यस फिल्ममा अभिषेक एक आर्मी क्याप्टेनको भूमिकामा थिए भने ऐश्वर्याले साहिबा नामको एक युवतीको भूमिका निभाएकी थिइन् । 

उमराव जान
२००६ मै आएको फिल्म ‘उमराव जान’ मा पनि यी दुईको केमेस्ट्री बडा गज्जबको रहेको थियो । अभिषेक र ऐश्वर्याले दिएको बोल्ड सिनलाई दर्शकले इन्कार गरेका थिए । 

कुछ न कहो
ऐश्वर्या र अभिषेक रोहन सिप्पीको निर्देशनमा बनेको फिल्म ‘कुछ न कहो’ मा पनि साथै देखिएका थिए । यो फिल्म २००३ मा रिलिज भएको थियो । आठ करोड बजेटमा बनेको यस फिल्मले १३ करोडको कमाइ गरेको थियो । फिल्म बक्स अफिसमा फ्लप भए पनि ऐश्वर्या र अभिषेकको जोडीलाई दर्शकले खुबै रुचाएका थिए । 

धूम २
सन् २००६ मा आएको यो फिल्ममा ऐश्वर्या र अभिषेक एकै फिल्ममा देखिए पनि ऐश्वर्याको जोडी ऋतिक रोशनको साथमा जम्यो । यो फिल्मले अन्तर्राष्ट्रिय रूपमा पनि गज्जबको कलेक्सन गरेको थियो । फिल्म सफलताको क्रेडिट ऐश्वर्या र अभिषेकको भागमा परेको थियो ।

गुरु
सन् २००७ मा आएको फिल्म ‘गुरु’ बाट ऐश्वर्या र अभिषेकले यसरी तहल्का पिटे कि जसको कुनै सीमा नै थिएन । यही फिल्मबाट उनीहरू रिल लाइफबाट रियल लाइफमा प्रेमी–प्रेमिका बनेका थिए । सुटिङका क्रममा अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...