जापानः निःशुल्क खान–बस्नका लागि जेल जान चाहन्छन् ज्येष्ठ नागरिक

Japan 730 3 dufg4r5y32

टाेकियाे  । जापानमा ज्येष्ठ नागरिकद्वारा गरिने अपराधमा वृद्धि भइरहेको छ । पछिल्लो २० वर्षमा वृद्ध–वृद्धा जेल जाने संख्या निकै बढिरहेको छ । जेलमा स्वतन्त्र भइने र खान–पिनको राम्रो व्यवस्था हुने भएकाले यस्तो भइरहेको बताइएको छ ।

जेलबाट छुटेका ज्येष्ठ नागरिकले यसको कारण गरिबी देखाएः

हिरोशिमामा बस्ने ६९ वर्षका तोशियो तकाताले आफू गरिब भएकाले नियम तोडेको बताए । उनले भने, ‘म यस्तो ठाउँमा जान चाहन्थेँ जहाँ निःशुल्क खानपिनको व्यवस्था होस्, चाहे त्यो जेल नै किन नहोस् । मैले निकै लामो समय पैसा बिना नै गुजारेको थिएँ ।’

तोशियोले पहिलो अपराध ६२ वर्षको उमेरमा गरेका थिए तर अदालतले उनीमाथि दया देखाउँदै एक वर्षको लागि मात्रै जेल पठायो । त्यसपछि उनले विभिन्न अपराध गरे । तोशियो भन्छन्, ‘मैले एकपटक महिलालाई पार्कमा चक्कु देखाएको थिएँ, ती महिलाले डराएर पुसिल बोलाओस् भन्ने मेरो चाहना थियो ।’ तोशियोले ८ वर्ष जेलमा बिताइसकेका छन् ।

जेलको अनुभवबारे तोशियोले भने, ‘म त्यहाँ स्वतन्त्र हुन सक्थेँ । जब म बाहिर आएँ तब मैले जेलभित्र केही पैसा पनि कमाएँ । जेलमा बस्दा रत्तिभर पनि पीडा थिएन ।’

हरेक पाँच अपराधीमा एक वृद्धः

जापानमा ६५ वर्ष वा त्योभन्दा बढी उमेरमा मानिसहरुद्धारा गरिने आपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । सन् १९९७ मा २० अपराधीमा एक वृद्ध हुने गर्दथे । तोशियोजस्तै थुप्रै वृद्धले बारम्बार अपराध गरेका छन् । सन् २०१६ मा २५ सयबढी वृद्धालाई दोषी ठहराइएको थियो ।

७० वर्षकी एक वृद्धाले भनिन्, ‘म आफ्ना श्रीमानसँग बस्न चाहन्नथेँ । मसँग चोरी गर्ने सिवाय विकल्प बाँकी थिएँन। ८० वर्ष पार गरिसकेका महिला, जो राम्रोसँग हिड्न पनि सक्दैनन्, राम्रो–खानपिनको व्यवस्था नभएकाले अपराध गरिरहेका छन् ।

जनसांश्यिकी विशेषज्ञ माइकल न्यूमेनका अनुसार जापानमा ज्येष्ठ नागरिकको पेन्सनले जीवनयापन गर्न निकै समस्या छ । त्यहाँका वृद्ध–वृद्धा आफ्ना सन्तानमाथि बोझ बन्न चाहँदैनन् । उनीहरुलाई बच्चामाथि आश्रित हुनुको साटो जेलमा नै जान ठिक लाग्छ ।

जेलमा खानाको राम्रो व्यवस्था छ जसको बिल पनि तिर्नुपर्दैन । त्यसकारण त्यहाँका ज्येष्ठ नागरिक पटक–पटक अपराध गरेर जेल जान रुचाउँछन् ।

प्रतिकृया दिनुहोस