ज्ञानेन्द्र मल्ल खाता नखोलि आउट : नेपाललाई पहिलो झट्का

Aa cri

नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्धको खेलमा ब्याटिङको निम्तो पाएको नेपालले सुरूवाति विकेट गुमाएको छ ।

नेपालका ओपनर, उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नखोलि आउट भएका हुन् ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै गरेको खेलमा युएईले टस जित्दै फिल्डिङ रोजेको हो ।

१० महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

त्यसपछि नेदरल्यान्डसँग नेपालले पहिलो एकदिवसीय सिरिज खेल्यो । जसमा नेपाल नेदरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो ।

पहिलो खेलमा नेदरल्यान्ड र दोस्रोमा नेपाल विजयी भएको थियो । नेपालले एकदिवसीयसँगै युएईविरुद्ध टी–२० सिरिज खेल्नेछ 

प्रतिकृया दिनुहोस