जापानकी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश

Japan

काठमाडौं । जापानकी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

चौथो वरियता प्राप्त २१ वर्षीया ओसाकाले केरोलिना प्लिसकोवलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् । उनको फाइनलमा भेट आठौं वरीयताकी ग्रिसकी पेट्रा क्विटोवासँग हुने छ ।

सेमिफाइनलमा प्लिसकोवालाई सोझो सेटमा पराजित गर्दै ६–२, ४–६ र ६–४ ले पराजित गरेकी थिइन् । ओसाका लगातार दोस्रो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन् ।

गत वर्ष युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि जितेकि थिइन् ।

प्रतिकृया दिनुहोस